धनगढीमा युवक मृत फेला, हत्याको आशंका

धनगढी । कैलालीको धनगढीमा एक युवक मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को जाँई-शिवनगर सडकको नालीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार बिहान १० बजे युवकको शव फेला परेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार युवकको घाँटीमा चोटपटक लागेको छ । मृतकको सनाखत भएको छैन ।

युवकको हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाबारे प्रहरीले कुकुर परिचालन गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *