युक्रेनकी उपप्रधानमन्त्रीले भनिन्- ‘स्थिति झन् बिग्रिँदै गयो, पुटिन रोकिएनन्’

काठमाडाैँ । युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्नाले देशको अवस्था अझ बिग्रिँदै गएको बताएकी छन् । उनले रुसको ‘चरमपन्थी योजना’ को अर्को लहर सुरु भएको बताएकी हुन् ।

उनले रुसले युक्रेनी शहरका अस्पताल र किन्डरगार्टेनमा बम विस्फोट गराएको र अवस्था झन् खराब भएको बताइन् । उनले भनेकी छन्, ‘युक्रेनले रुसको आक्रमणको प्रतिरोध गर्ने संकल्प गरे पनि यो युद्धको अन्त्य होइन ।’

उनले सैनिकको मृत्युसहित रुसलाई ठूलो नोक्सानी बेहोरे पनि भ्लादिमिर पुटिन नरोकिएको बरु थप आक्रामकता बढाइरहेको बताएकी छन् । बीबीसी वनसँग कुरा गर्दै ओल्हा स्टेफानिश्नाले भनिन्, ‘युक्रेनको सेना पहिले जस्तै बलियो छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =