युक्रेनका राष्ट्रपतिले इलोन मस्कलाई भ्रमणको निम्तो दिए
२०७८ फागुन २३ गते

Ukraine Situation Elon Musk
काठमाडौँ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले प्रविधि व्यवसायी इलोन मस्कलाई युद्धपछि युक्रेन भ्रमणमा आउन निम्तो दिएका छन् ।
मस्कले पनि आफू युक्रेन भ्रमणको प्रतीक्षामा रहने बताएका थिए । मस्कले युक्रेनलाई एक ट्रक स्टारलिङ्क इन्टरनेट टर्मिनल पठाइदिएका थिए जसले उनको कम्पनीको स्याटेलाइटमा आधारित सेवामा जोडिन्छन। यो हप्ता उनले थप त्यस्ता सामग्री पठाउने बताए ।
युक्रेनी सरकार युक्रेनको इन्टरनेट पहुँच निश्चित गर्न र सञ्चार संरचनामाथि रुसी आक्रमणको प्रभाव कम गर्न काम गरिरहेको छ । बीबीसी
२०७८ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








