विवेकशील नेपाली दलका पूर्व काठमाडौँ अध्यक्ष वैद्य एमाले प्रवेश

काठमाडौँ । विवेकशील  नेपाली दलका पूर्व काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा अध्यक्ष ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै वैद्यले केही समय वैकल्पिक धारको राजनीति गरेर केही समय राजनीतिबाट टाढा रहेपनि अब मूलधारको राजनीति गर्ने पार्टीबाटै राजनीति गर्न आवश्यक रहेको महसुस गरेकाले एमालेको सदस्यता लिएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता राजन भट्टराईको कार्यशैलीबाट आफु प्रभावित भएको पनि उनले बताए ।

उनी विवेकशिल नेपाली दलको तत्कालिन प्रदेश नम्बर ३ को समितिमा पनि रहेर काम गरेका थिए । उनी केही बर्षयता राजनीतिमा निष्कृय रहँदै आएका थिए ।

एमाले नेता डा. राजन भट्टराईले बिचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको दाबी गरे ।

सच्याइएको- यसअघि प्रकाशित समाचारमा बैद्य विवेकशिल साझाका काठमाडाौँ जिल्ला अध्यक्ष भनिएकोमा सच्याएका छाैँ । सम्पादक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *