राप्रपा नेता शेरचनकाे ७८ वर्षकाे उमेरमा निधन

काठमाडौँ । राप्रपाका नेता गणेश शेरचनको निधन भएकाे छ ।

मधुमेह र मिर्गौलाको समस्याबाट पीडित ७८ वर्षीय शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हाे ।

शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुखी र स्तब्ध भएको बताएका छन् ।

यसैगरी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमान्दार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् ।

शेरचनको आइतवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शेरचनका श्रीमती, ३ छोरा र १ छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =