यूक्रेनका दुई शहरमा रुसको अस्थायी युद्धविराम

काठमाडाैँ । यूक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ । युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको हाे ।

यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी फौजबाट ‘अमानवीय हमलाहरू’ भइरहेको भन्दै विरोध जनाएका थिए ।

रुसको रक्षा मन्त्रालयले यी दुई शहरबाट शनिवार मस्को समयानुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ । त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न यूक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =