फागुन २१ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. फागुन २१, २०७८ । ई.सं. ५ मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । शनिबार फाल्गुण शुक्लपक्ष । तिथि- तृतीया, २२:० बजे उप्रान्त चतुर्थी । नक्षत्र- रेवती, २८:०० बजे उप्रान्त अश्विनी । योग- शुक्ल, २६:१० बजे उप्रान्त ब्रह्म । करण- तैतिल ९:५५ बजेदेखि गर , २२:०० बजे उप्रान्त वव । चन्द्रराशि मीन । आनन्दादि योग धाता । दिनमान २९।०८ । सूर्योदय ६:२७ । सूर्यास्त १८:०६ । ध. पञ्चक ४:०० ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । यात्राबाट पनि सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको साथले फाइदा हुने काम गरिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इष्टमित्रहरूसँग भेटघाट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *