उपत्यकाबाट हट्याे स्मार्ट लकडाउन
२०७८ फागुन २० गते

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी आंशिक निषेधाज्ञा पूर्ण रूपमा हटाइएकाे छ ।
जिल्ला प्रशासन कार्यालयले काेराेना भाइरस (काेभिड-१९) संक्रमणका कारण लगाइएको निषेधाज्ञा हटाएकाे हाे । शुक्रवार प्रशासनले एक विज्ञप्ति जारी गर्दै प्रतिबन्धात्मक व्यवस्था पूर्णरूपमा हटाइएको जनाएको हाे ।
प्रशासनले गत माघ २३ गतेदेखि आंशिकरूपमा स्मार्ट लकडाउन गरेकाे थियाे ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले माघ २३ देखि आमससभा जुलुस भेला र मेलाबाहेकका कार्य खुकुलो बनाएको थियो । यद्यपि सपिङ मल, डिमार्टमेन्ट स्टोर आदि स्थानमा जाँदा खोप कार्ड अनिवार्यरूपमा बोक्नुपर्ने व्यवस्था गरेकाे थियाे ।
विज्ञप्तिः

२०७८ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित









