वर्षौं पुरानो दुर्गा भगवतीको घण्ट चोरी
२०७८ फागुन २० गते

काठमाडौँ। अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ ।
दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको कम्तीमा पनि ४५ किलाको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।
उनले भने, ‘यही फागुन १८ गते राति उक्त घण्ट चोरी भएको खबर आएको छ, खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो यकिन गर्न सकिएको छैन ।’
मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलोपटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने गैरहिन्दूले उक्त मन्दिरको घण्ट चोरेको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् । रासस
२०७८ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








