नेमुवामा राजमार्ग किनारमा प्रेसरकुकर बम फेला, सेनाद्वारा डिस्पोजको प्रयास हुँदै

विराटनगर । कोशी राजमार्गको नेमुवामा प्रेसर कुकर बम फेला परेको छ । बिहीबार साँझ स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि शंकास्पद प्रेसरकुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका ३ कोशी लोकमार्गमा स्थित नेमुवा चोकमा रहेको पुरानो भगवती सोफ साबुन उद्योग अगाडिको पर्खालसँगैको नालीको भागमा शंकास्पद प्रेसरकुकर बम भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शंकास्पद प्रेसरकुकर बम फेला परेपछि नेपाली सेना डिस्पोजमा सक्रिय छ ।

विराटनगर विमानस्थलबाट गएको नेपाली सेनाको टोलीले बम निस्क्रिय पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । कुनै क्षति हुन नदिनको लागि नेपाली सेनाले डिस्पोजको लागि प्रयास गरिरहेको छ भने राजमार्गमा एकतर्फी मात्र सवारी चल्न दिईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *