कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

धनगढी । नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । दोस्रो चरणमा भएको निर्वाचनमा प्रकाशबहादुर बमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन् ।

मतदानमा २ हजार ४६७ मत खसेकोमा भट्ट एक हजार ३५९ मत ल्याए भने बमले एक हजार ९६ मत पाए ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि विहीबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा बम पहिलो भएका थिए भने भट्ट दोस्रो भएका थिए ।

दोस्रो चरणमा इतर पक्षले बमलाई सघाउने निर्णय गरेको थियो । तर मतदानपछि भने परिणाम भट्ट पक्षमा आएको छ ।

संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएर चुनाव लडेका भट्टलाई जिल्लाका सातवटै केन्द्रीय सदस्यको समर्थन रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *