मण्डला थिएटर अब आफ्नै भवनमा

काठमाडाैँ । मण्डला नाटकघर बिहीबारदेखि काठमाडौँको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ । रोल………………

बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गरे । २०० सिट क्षमताको ठूलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ ।

३० आना जग्गा भाडामा लिएर मण्डलाले आफैँले भवन निर्माण गरेको हो । उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले साहित्यले समाजको चित्रणका साथै समाजलाई सही रूपान्तरण गर्न सक्ने बताए । उनले साहित्य समृद्धितर्फ अग्रसर हुनुपर्ने भन्दै उनले मुलुकको परिर्वतनमा यस क्षेत्रले पुराएको योगदानको चर्चा गरे । नेपालमा नाटकको इतिहास लामो रहेको र यसलाई निरन्रता दिनु उचिकै चुनौतीपूर्ण रहेको उनको भनाई छ । उनले नेपालको नाटक क्षेत्रको उत्थानका लागि सरकारले अझै पहल गर्नुपर्ने धारणा राखे ।

सन् २००९ देखि मण्डला नाटक घर अनामनगरमा सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *