हेल्पिङ्ग हेन्ड्स सेवा समाजद्वारा १६० अनाथ बालबालिकालाई राहत सामाग्री वितरण

काठमाडाैँ । हेल्पिङ्ग हेन्ड्स सेवा समाजले १६० अनाथ बालबालिकालाई राहत सामाग्री वितरण गरेकाे छ । समाजले प्रजातन्त्र दिवसकाे अवसर पारेर १६० अनाथ बालबालिका [विद्यार्थी] हरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेकाे हाे । चितनवकाे भरतपुर महानगरपालिका-१९ स्थित हाेटल राेयल सेञ्चुरीमा सम्पन्न कार्यक्रममार्फत समाजले राहत वितरणा गरेकाे हाे ।
‘आफू बाँचाैँ र अरुलाई बचाऔँ’ भन्ने मूल नाराका साथ गत शनिवार सम्मपन्न कार्यक्रमलाई शेर्पा सेवा समाज, राई मूलघर सेवा समाज, पोख्रेली सेवा समाज, यूनीटी अफ फेमेली ग्रूफ र ङोलो ङोल्स्यो तमु सेवा समाजले सहयाेग गरेका थिए । समाजले नारी संरक्षण नेपाल र सगरमाथा बालगृहका करिब १६० जना अनाथ बालबालिका शैक्षिक सामाग्रीसहित खाद्यान्न, लत्ताकपडा र कापीकलमलगायत वितरण गरेकाे हाे ।
संयुक्त संस्थाका उपाध्यक्ष एवम् हेल्पिङ्ग हेन्ड्स सेवा सामाजका वरिष्ठ सल्लाहकार राजेन्द्र गुरुङ (राज) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका १९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ प्रमुख अतिथिकाे रूपमा थिए । प्रमुख अतिथि तथा अतिथिहरूले समाजले राम्राे काम गरिरहेकाे तथा अबका दिनमा पनि यस्तै कार्यले निरन्तरता पाउनुपर्ने भन्दै समाजकाे कामकाे प्रशंसा गरे ।
समाजले यसअघि पनि बन्दाबन्दीकाे समयदेखि विभिन्न ठाउँमा विभिन्न तवर-तरिकाले खाना नपाएका र सास्ती भाेगेकाहरूलाई सहयाेग गर्दै आएकाे छ ।
- सम्बन्धित समाचार
रक्तदान कार्यक्रम सम्पन्न








