रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ पाेख्रेली सेवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा शेर्पा सेवा समाज, राई मूलधर सेवा समाज, हेल्पिङ्ग ह्यान्ड्स, यूनिटी अफ फेमेली ग्रूप र ङोलो ङोल्स्यो तमु समाजले सहयोगी भूमिका निभाएका छन् ।

कार्यक्रममा ६ वटै संस्थाका पदाधिकारीसँगै सदस्य तथा शुभेच्छुकहरूले रक्तदान गरे भने अन्य सहभागीहरूले पनि रक्तदान गरे । पाेख्रेली सेवा समाजकी अध्यक्ष शान्ति गुरुङ (सुश्मा) को अध्यक्षता, पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष शंकरप्रसाद बाँस्तोला र हेल्पिङ्ग ह्यान्ड्सका सल्लाहकार सीएम गुरुङको आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्रसँगै ‘सेवा नै धर्म हो’ लेखिएको टीसर्ट सम्मानस्वरूप प्रदान गरिएकाे छ ।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा, कास्कीले प्राविधिक रूपमा सहयोग गरेको थियो । कार्यक्रममा ड्यासमा बसेका अतिथिहरूले कार्यक्रमकाे प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताए ।

यी संस्थाहरूले गत वर्षको बन्दाबन्दीको समयमा पनि दर्जनौं ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेका थिए । बन्दाबन्दीकै समयमा शेर्पा सेवा समाजको आयोजनामा काठमाडौँको बौद्ध, पशुपति, स्वयम्भूलगायतका ठाउँहरूमा रक्तदान कार्यक्रम सञ्चालन भएको थियो ।

यस्तै मूलधर सेवा समाजको अगुवाइमा काठमाडौँकै दुईवटा बालआश्रम र एक बृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो । यी संस्थाहरूले खासगरी मानव सेवासँग जाडिएका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *