सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
२०७८ फागुन १९ गते

काठमाडाैँ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक शुरु भएको छ । अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएयता सत्ता गठबन्धनका दलबीच पहिलोपटक बैठक बसेकाे हाे ।
एमसीसी पारित भएको अवस्था, वैशाखमा हुने स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् । राष्ट्रिय जनमोर्चाले गठबन्धन छाडेको छ भने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेता सहभागी छन् ।
जारी बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधान मन्त्री शेरबहादुर देउवा, कांग्रेसका महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी रहेकाे बताइन्छ ।
२०७८ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








