मार्च ८ लाई सिर्जनात्मक बनाउने प्रदेश १ काे तयारी

विराटनगर । मार्च ८ मनाउने सन्दर्भमा प्रदेश १ सरकारले छलफल थालेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयमा भएको एक छलफलको क्रममा अन्तराष्ट्रिय महिला दिवस मनाउने बारेमा सरोकारवालासँग छलफल भएको हो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण हुने भएकोले मार्च ८ लाई विशेष महत्व दिने गरिएको बताए ।

महिलामाथि हुने विभेदविरुद्ध शुरू भएको आन्दोलनको सम्झनामा हरेक वर्ष मनाईने अन्तर्राष्ट्रिय महिला दिवसलाई व्यापक रूपमा मनाउनु पर्नेमा मन्त्री राईले जोड दिए । मन्त्री राई औपचारिकतामा मात्रै दिवस नमनाई सिर्जनात्मक रूपमा मनाउनु पर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्रालयले आगामी मार्च ८ का दिन प्रभातफेरी र दीपप्रज्वलन गरी मनाइने निर्णय गरेको छ । प्रभातफेरी र दीप प्रज्वलनका लागि व्यवस्थापन समिति गठन गरिएको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् ।

सबै सामाजिक संघसंस्थाको सहभागितामा प्रहरी ब्याण्ड र प्रदेश १ को संस्कृति झल्कने गरी झाँकी सहितको कार्यक्रम आयोजना हुने उनको भनाई छ । ‘सामाजिक न्याय लैंगिक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल लगायतले दिवस मनाउने बारेमा सबै क्षेत्रको सहभागिता गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *