ओलीलाई राजनेता भन्दै शैलुङ गाउँपालिकाले गर्‍यो कार्यक्रमको निम्तो

काठमाडौँ। दोलखाको शैलुङ गाउँपालिकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सवमा उपस्थित हुन गाउँपालिकावासीलाई निमन्त्रणा गरेको छ ।

मदन भण्डारी फाउण्डेशनको आयोजनामा शुक्रबार हुने शैलुङ साहित्यिक-सास्कृतिक महोत्सवमा उपस्थित हुन गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष दाहालले हस्ताक्षर गरेको निमन्त्रणामा अध्यक्ष ओलीलाई  ‘राजनेता’ भनिएको छ ।

कार्यक्रममा शैलुङ गाउँपालिका तथा अन्तर्गत रहेका कार्यालयका सबै कर्मचारी, जनप्रतिनिधि, बुद्धिजीवी, विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका लगायत उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गरेको हो ।  सबै कर्मचारी शिक्षकलगायतलाई उपस्थित हुन निम्ता गर्नुको अर्थ गाउँपालिकाका सेवा र विद्यालयमा पठन पाठन पनि बन्द गरेरै भएपनि कार्यक्रममा उपस्थित हुन भनिएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =