सभामुखविरुद्ध महाअभियोग प्रस्ताव आउनसक्छ : गोकुल बाँस्कोटा
२०७८ फागुन १८ गते

सुर्खेत । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनसक्ने बताएका छन् । एमालेलाई परास्त गर्ने भूमिका खेलिरहेको भन्दै बाँस्कोटाले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध उपयुक्त समयमा महाअभियोगको प्रस्ताव ल्याउन सकिने बताएका हुन् ।
बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहेको नेता बाँस्कोटाले भने, ‘सभामुख पक्षपाती भए । सभामुख कुनै पार्टीको हुनुहुँदैछ । त्यो पद संसद्को सबैभन्दा माथिल्लो हो ।’
नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन आएका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गरे । ‘प्रचण्ड जी खोलै खोला जान लाग्नुभएको छ,’ उनले भने, ‘एमसीसीविरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्ड नै हुन् । एमसीसीबारे उहाँले एउटा पहाड सिर्जना गर्न खोज्नुभयो ।’
२०७८ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








