महादेवको दर्शन गर्न ३०० भन्दा बढी भक्तजन हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगे

रसुवा । शिवरात्रि पर्वका अवसरमा सयौँ भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न गरेका छन् । पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान् शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए ।

समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड तीर्थको दहमा पानी जमेका कारण हवाईमार्गबाट गएका भक्तजनले सिम्रिक एयर हेलिकोप्टर कम्पनीले गत वर्ष स्थापना गरेको शिव मूर्तिमा पूजाआजा गरेका थिए ।

यस वर्षको शिवरात्रि पर्वमा हेलिकोप्टरमार्फत ३०० भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको प्रहरी निरीक्षक गणेश सापकोटाले बताए। शिवरात्रि पर्वका अवसरमा पूजा आराधना गर्न आउने भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अगुवाइमा जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दसमेतको प्रहरी टोली गोसाइँकुण्ड पुगेको प्रहरीले जनाएको छ ।

हवाईयात्रुलाई काठमाडौँदेखि गोसाइँकुण्डसम्म पु-याउन सिम्रिक, अल्टिच्युट, कैलाश, प्रभुसमेतका हेलिकोप्टर कम्पनीले सेवा दिएका थिए । जिन्दगीमा एक पटक भए पनि पवित्र तीर्थ पुग्नपर्ने मान्यताअनुरूप हिँड्न नसक्ने भक्तजनका लागिसमेत उडान सेवा सञ्चालन गरी हेलिकोप्टर कम्पनीले ठूलो सहयोग पु-याएको तीर्थयात्री सरोज अमात्यले बताए। उचाइ स्थानमा हिउँ हुरीसमेत चल्ने भएकाले दिनको २ बजेसम्म मात्र पाइलटले धार्मिक उडान भरेको सम्बन्धित कम्पनीले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =