रुसी आक्रमणको गति धीमा : पेन्टागन

काठमाडौँ । अमेरिकाले युक्रेनमा रुसी आक्रमणको गति धीमा भएको बताएको छ । अमेरिकी रक्षा अधिकारीहरूले युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गति धीमा भएको बताएको हो ।

रुसका केही सैनिकले आत्मसमर्पण गरेको भएपनि सङ्कट अझै गम्भीर रहेकोतर्फ सचेत गराएको छ । रुसी अतिक्रमणबारे आफ्नो ताजा विश्लेषणमा अमेरिकी रक्षा मन्त्रालयले लडाइँको छ दिनसम्ममा पनि रुसी फौजले युक्रेनी आकाशमाथि नियन्त्रण कायम गर्न र महत्त्वपूर्ण संरचनालाई निशाना बनाउन नसकेको जनाएको छ ।

उहादरणको रूपमा उसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ र दक्षिणी बन्दरगाह मारिओपोललाई उल्लेख गरेको छ । तर नजिकका दुई शहर बेर्डियान्स्क र मेलिटोपोलमाथि नियन्त्रण गर्न चाहिँ रुसी फौज सफल भएको पेन्टागनले जिकिर गरेको छ । –बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =