होटलमा महिला मृत फेला, हत्याको आशंका

विराटनगर । धरान १८ कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा पनि एक महिला मृत फेला परेकी छन् ।

शरीरमा चोटपटक लागेको अवस्थामा महिला फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। होटलको एक कोठामा महिलाको शरिरलाई सिरकले ओढाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले ईटहरी घर बस्ने ३९ वर्षीय सुमित्रा तामाङ मृत अवस्थामा भेटिएको जानकारी दिए । सोमबार होटलमा गएका दुबै जना रातिसँगै रहेको र बिहान उनी त्यहाँबाट हिडेको भन्ने जानकारीमा आएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको बारेमा पहिचान खुलेपछि घटनामा संलग्न ब्यक्तिको नजिक प्रहरीको अनुसन्धान पुगेको उनले मकालुखबरलाई जानकारी दिए । ‘हामी निरन्तर अनुसन्धानमा छौँ, उनलेभने, हाम्रो अनुसन्धानले घटनामा संलग्नको पहिचान नजिक पर्याएको छ।’

मृतक महिलाको श्रीमान ब्रनाईमा रहेको अनुसन्धानबाट खुलेको छ । मृतकको झोलामा भएको कागजपत्रको आधारमा उनको परिचय र ठेगाना खुलेको प्रहरीको भनाई छ। मृतकको ठेगाना पाँचथरको मिक्लाजुङ गाउँपालिका १ झोलामा रहेको मतदाता परिचयपत्रबाट खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *