एमालेकाे विश्लेषण:

‘व्याख्यात्मक घाेषणा- शाकाहारीले किताबकाे माछा पाे खान हुन्न, खाेलाकाे त भइहाल्छ नि भनेजस्तै’ (पूर्णपाठ)

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेले एमसीसी राष्ट्रको हितप्रतिकूल नहुनेगरी कार्यान्वयन हुनुपर्नेमा जाेड दिएकाे छ । मंगलबार तीनकुनेस्थित राेयल बैंक्वेटमा आयाेजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेकाे वक्तव्यमा भनिएकाे छ—  ‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्‍बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हितप्रतिकूल नहुनेगरी यसको कार्यान्वयन हुनुपर्दछ ।’

यस्तै ओलीले एमसीसी पारित हुँदाताका बनेकाे १२ बुँदै व्याख्यात्मक घाेषणा अमेरिकाले नस्वीकार्ने बताएका छन् । व्याख्यात्मक घाेषणा संसद्‌बाट पारित गराएर नेपाली जनतालाई ढाँट्ने काम मात्रै भएकाे उल्लेख गर्दै ओलीले भनेका छन्, ‘यसकाे काम नेपाली जनतालाई ढाँट्ने मात्रै हाे, याे भनेकाे शाहाकारीले किताबकाे माछा पाे खान हुन्न, खाेलाकाे त भइहाल्छ नि भनेजस्तै हाे ।’

कुनै पनि बाह्य सहायता लिनुपूर्व वा लिने सम्झौता गर्नुपूर्व नै त्यसका सम्भावित परिणाममा ध्यान दिनुपर्ने एमालेले बताएको छ । सम्झौता भइसकेपछि कार्यान्वयनमा लाग्नुपर्नेतर्फ जोड दिँदै ओलीले यस सम्बन्धमा केही प्रश्न उठेमा स्पष्ट पार्ने दायित्व पनि सरकारकै हुने प्रष्ट्याएका छन् । ‘अहिले सत्ता गठबन्धनका केही नेताहरूबाट अपारदर्शी ढङ्गले जे-जस्तो सहमति पनि गर्न तयार हुने तर जननिर्वाचित प्रतिनिधिहरूको नजरबाट लुकाउन खोज्नेजस्ता वैध चरित्र प्रदर्शन भएको छ । सरकारले गरेको सम्झौता सुटुक्क लागू गर्न छोडेर संसदमा किन पेस गरियो भन्नेजस्ता छली प्रवृत्तिसँग एमाले सहमत हुन सक्दैन,’ ओलीले भनेका छन् ।

पूर्णपाठ:—

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =