सभामुखकाे पक्षमा हामी दृढताका साथ उभिन्छाैँ : नेपाल

काठमाडाैँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकाेटाकाे पक्षमा दृढताका साथ उभिने बताएका छन् । मंगलबार काठमाडाैँमा आयाेजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । ‘हामी सभामुखकाे दृढताका साथ उभिन्छाैँ,’ अध्यक्ष नेपालले भनेका छन्, ‘ओलीले जहिले चाहन्छन्, त्यसबेला उहाँले राजीनामा दिनुपर्ने ? जसले प्रणाली बचाइराखेकाे छ, उसले राजीनामा दिनुपर्ने ? नचिताए हुन्छ । हामी उहाँकै साथमा छाैँ ।’
एमालेबाट छुट्टिएर एकीकृत समाजवादी गठन गर्दा नेपाललाई सभामुख सापकाेटाले सघाएकाे बताइन्छ । त्यसाे त नेपालले एकीकृत समाजवादी गठन गर्न लाग्दा एमालेले नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेकाे थियाे । उक्त कारबाहीलाई सभामुख सापकाेटाले कार्यान्वयनमा नल्याएकाे एमालेले आराेप लगाउँदै आएकाे छ ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सभामुखविरुद्ध महाभियाेग आउन सक्ने संकेत गरेका छन्, उनले भनेका छन्— ‘सभामुखविरुद्ध महाभियाेग ल्याउँदैनाैँ भन्ने छैन ।’








