विवेकशील साझाका प्रदेश संयाेजक हमालले दिए राजीनामा

काठमाडाैँ । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयाेजक गाेपी हमालले राजीमाना दिएका छन् ।

उनी गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट उपमहानगरपालिकाबाट मेयर लागि उम्मेदवार बनेका थिए । स्थानीय निर्वाचन नजिकिँदै गर्दा उनले पुनः स्वतन्त्र उम्मेदवारी दिने तयारीस्वरूप राजीनामा दिएका हुन् ।

उनले पालिकाका बासिन्दाले स्वतन्त्रबाट उम्मेदवारी दिन सुझाएकाेले राजीनामा दिएकाे बताएका छन् ।

राजीनामा पत्रमा उनले लेखेका छन्, ‘लामाे समयसम्म राजनीति गर्ने मेराे साेच पनि नरहेकाे र अन्तिमपटक निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकाे जानकारी गराउँछु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *