प्रजातन्त्रवादी प्राध्यापकको भेला सम्पन्न

काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापकहरूले प्रजातन्त्रबादी प्राध्यापक संघको संसोधित विधान, निर्वाचन प्रक्रिया र यसको पारदर्शिता एवं विश्वविद्यालयको समसामयिक बिषयमा अन्तरकृया गरेका छन् ।

काठमाडौँको पद्मकन्या क्याम्पसमा गरिएको अन्तक्रियामा सहभागी सबैजसो प्राध्यापकले संघको संशाेधित विधान किन संशोधन गर्नुपरेको र अहिले कस्तो बनाइएको भन्नेबारे जानकारी नगराइएकोमा आपत्ति जनाए ।

त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. लोकनाथ दुलालले बिना बहस र छलफल विधान संसोधन गरिएकोमा आपत्ति जनाए । निजी क्याम्पसका प्रतिनिधिले संसोधित विधानले निजी क्याम्पसहरूलाई महाधिवेशनमा सहभागी हुने अवसरबाट बन्चित गरेको आक्रोश पोखे ।

यसरी विधान परिवर्तन गरिनु गलत रहेको र यो विधान विधान अधिवेशनबाट पारित नगरी लागू हुननसक्ने भएकाले यसले कानुनी जटिलता उत्पन्न गर्ने बताए । त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकको समस्या दिन प्रतिदिन जटिल बन्दै गरेकोले यसको समाधानका लागि पहल गरिदिन आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि पुर्ब शिक्षाध्यक्ष प्रा‍‍. गुणानिधि न्यौपानेले संसोधित विधानमा सबैको अपनत्व हुनुपर्ने र यसका त्रुटीलाई हटाइ पारदर्शी रूपमा निर्वाचन प्रक्रिया संचालन गर्नुपर्ने कुरामा जोड दिए। मनोमानी गर्दै सस्था निर्वाचन गर्दा यसले संकट उत्पन्न हुनुसक्ने उनको भनाइ छ ।

नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष प्रा. रामेश्वर उपाध्ययले विधानको बारेमा स्पष्ट नभई निर्वाचन हुन नसक्ने र छिटो भन्दा छिटो यसलाई मिलाएर निर्वाचन गर्नुपर्नेमा जोड दिए । नेपाल प्राध्यापक संघका पुर्व महासचिव प्रा. प्रकाशसिंह प्रधानको सभापतित्वमा भएको भेलामा त्रिविका डीन प्रा. कुशुम शाक्य, पूर्व डीन कृष्णप्रसाद गौतम लगायत प्राध्यापकहरूको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

One thought on “प्रजातन्त्रवादी प्राध्यापकको भेला सम्पन्न

  1. बिना अधिवेशन केन्द्रीय समितिलाई कसले विधान संशोधन गर्ने अधिकार दियाे । के प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल कसैको नीजी पैत्रिक बिर्ता हाे ? विधान संशोधन गर्ने अधिकार महाधिवेशनलाई छ ।संस्थालाई कब्जा गर्न मनलागदी संशोधन गर्न पाइदैन । याे कसैकाे पेवा हाेइन । विधान मिचेर गरेको महाधिवेशन मान्य हुन सक्दैन । तानाशाही लाद्न पाइदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *