रुसी हमलाबाट झन्डै ७० युक्रेनी सैनिक मारिए

काठमाडौँ । रुसी सेनाको आक्रमणमा परी पूर्वोत्तर युक्रेनको ओख्तिर्का नगरमा झन्डै ७० युक्रेनी सैनिकको मृत्यु भएको छ । एक स्थानीय अधिकारीकाअनुसार ओख्तिर्का नगरमा आइतबार ७० युक्रेनी सैनिकको मृत्यु भएको हो ।

रुसी हमलाबाट एउटा सैन्य एकाइ ध्वस्त भएको छ । उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीले बताए ।

‘धेरै मानिस मारिएका छन् । अहिले हामीले झन्डै ७० जना सैनिकका शव गाड्न चिहान बनाउने तयारी गरिरहेका छौँ,’ टेलिग्राममा उनले लेखेका छन् । यसको स्वतन्त्र पुष्टि हुन चाहिँ बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =