महाशिवरात्रिकाे पूर्वसन्ध्यामा झिलिमिली पशुपतिनाथ (फाेटाेफिचर)

काठमाडाैँ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरूप झिलिमिली बनाइएको छ । महाशिवरात्रि अवसरमा पशुपतिनाथ परिसरमा रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो ।

पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको छ । सो कार्यका लागि करिब ५० लाख खर्च भएको बताइएको छ ।यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ । भोलि फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

महाशिवरात्रिको अघिल्लो दिन सोमबार साँझ पशुपति क्षेत्रमा चहलपहल निकै बढेको छ । महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति बिकास कोषले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *