नेपाली भूमि कुनैपनि मुलुकविरुद्ध गर्न नदिने सरकारकाे प्रतिबद्धता

काठमाडौँ । नेपाल सरकारले कुनै देशका विरुद्धमा नेपाली भूमि प्रयाेग हुन नदिने प्रतिबद्धता जाहेर गरेकाे छ । म

सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले छिमेकी मित्र राष्ट्रहरू भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता गर्ने निर्णय गरेकाे हाे ।

निर्णयमा भनिएको छ, ‘सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरू भारत, चीनलगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध छ ।’

सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरू, दातृ निकाय, क्षेत्रीय एवं अन्तरार्ष्ट्रिय संघ संस्थाहरूप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *