दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । फरक फरक सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । झापा र धनकुटामा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।

धनकुटाको पाख्रीबास नगरपालिका–६ मा गएराति को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई दुर्घटना हुँदा पाख्रीवास–६ का ५२ वर्षीय बम बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गएराती विराटनगर महानगरपालिका–३ दुर्गा चोकमा को. १४ प ९४५८ नम्बरको स्कुटी अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर लागि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटी चालक सप्तरी घर भई विराटनगर–३ मा बस्दै आएका ३६ वर्षीय हरी भुजेलको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

झापामा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–९ मा मोटरसाईकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्जुनधारा–९ का ५८ बर्षीय राजेन्द्र थापा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जजनाएको छ । को. ९ प १७६३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घाइते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *