इनरुवामा डिशहोम फाइवरनेटको सह–वितरण सोरुमको उद्घाटन

काठमाडौँ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले इनरुवामा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।

डिशहोम फाइवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन खुस्बु इनटरप्राइजेजले गर्नेछ ।

सोरुम उद्घाटन, डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्री प्रबन्दक विपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जीवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थीतिमा सम्पन्न भएको थियो ।

खुस्बु इनटरप्राइजेजले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको खुस्बु इनटरप्राइजेजले अब अझ बढी ग्राहकको माझ पुग्नको लक्ष्यका साथ काम गर्ने खुस्बु इनटरप्राइजेजका सञ्चालक सन्दीप क्षेत्री र जीवन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *