दराज एपमा आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र दराजव्बीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ । जस अनुसार आइएमई पे मार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्तालाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत (रु. ३५० र रु. ५०० सम्मको) छुट पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर भएर छुट सम्बन्धित अफरहरु ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने बताए ।

दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फँुयालले दराजमा आइएमई पे एप मार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *