सत्ता गठबन्धन र सरकार हेरफेर हुनसक्छ : एमाले उपाध्यक्ष पाण्डे

धनगढी । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन परिवर्तन र सरकार हेरफेर हुन सक्ने सम्भावना रहेको बताएका छन् । प्रेस चौतारी कैलालीको आयोजनामा आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘एमसीसीका कारण सत्ता गठबन्धन परिवर्तन र सरकार हेरफेर पनि हुनसक्ने सम्भावना बढेको छ’, उनले भने, ‘छलफल हुँदैछ, एक दुई दिनमा नयाँ परिदृश्य आउँछ ।’ नेता पाण्डेले अहिलेको गठबन्धनले मुलुकलाई अगाडि बढाउन पनि नसक्ने ठोकुवा गरे ।

उनले एमालेले अहिलेसम्म सरकारको दाबी नगरेको बताए । यदि एमाले नभई सरकार नचल्ने भयो भने सोच्न सकिन सकिने भन्दै नेता पाण्डेले भने, ‘शेरबहादुरजीले डराउनु पर्दैन, एमालेले सरकारको दाबी गरेको छैन । सरकारले चाहेमा एमसीसी बहुमतले पास गर्न सक्छ ।’

एमसीसीका विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको उनको आरोप छ । सुरकारमा बसेर सरकारले ल्याएको प्रस्तावको विपक्षमा बस्न मिल्दैन’, उनले भने,  ‘सरकार पनि मेरो सडक पनि मेरो भन्ने ?’ सरकारले अब रचनात्मक निष्कर्ष निकाल्नुपर्ने उनको भनाई छ । यसका लागि एमाले तयार रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *