सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समिति बैठक
२०७८ फागुन १५ गते

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सापकोटाले बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।
कार्य व्यवस्थाको बैठकले संसद् बैठकका कार्यसूची निर्धारण गर्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उनकाअनुसार बैठकमा संसद्मा जारी अवरोधलगायत विषयमा छलफल हुनेछ ।
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








