बालिकाको बलात्कारपछि हत्या, प्रमाण लुकाउन कपडामा आगो लगाएको प्रहरीको दाबी

विराटनगर । मोरङको लेटाङमा शव फेला परेकी बालिकाको  बलात्कार पछि हत्या भएको खुलेको छ। प्रहरीले हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका ८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले बताए ।

 ‘बालिकाको बलात्कारपछि हत्या भएको  पाइएको छ’, एसपी जिसीले भने, ‘हत्यामा संलग्न रहेको आरोपमा   ठाउँका ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको छ। ’ स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार बिहान लेटाङ ८ लालहीरा सामुदायिक वनमा  नाङ्गो अवस्थामा शव  भेटिएको थियो ।

यस्तो थियाे  घटना

जाँते माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत  बालिका  हरेक दिन  विद्यालय आउ-जाउ गर्थिन् । उनीसँगै धेरै साथीहरू यही बाटो विद्यालय आउ–जाउ गर्ने गर्थे ।  बुधबार पनि उनी सोही बाटो भएर विद्यालय गएकी थिइन् ।

बिहान साथीहरूसँग विद्यालय गएकी उनी साँझ फर्किने बेलामा ढिलाे भयो । दिउँसो ४ बजेतिर एक्लै विद्यालयबाट घर जाँदै थिइन् । जब जंगलको बिचमा उनी पुगेकी थिइन् । उनको पछि लाग्दै आएका गिरीले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ।

‘जंगलमा बालिकाको पछि लाग्दै गएका ६३ वर्षीय गिरीले बालिकाको बलात्कारपछि बालिकाले बुबालाई भनिदिन्छु भनेर रुँदै भागेपछि नियन्त्रणमा लिएर हत्या गरेको पाइएको छ’, एसपी जिसीले भने, त्यामा संलग्न व्यक्तिले बालिकाको हत्यापछि शवलाई खोल्सी हालेर माथिबाट ढुंगाले थिचेको स्वीकार गरेको छ।’

मंगलबारे स्कुलबाट बालिकाको घरमा पुग्न डेढदेखि दुई घण्टासम्म लाग्छ । हत्यामा संलग्न रहेका गिरीको घरदेखि गाउँसम्म पुग्न सबै जंगल मात्र पर्ने भएकोले त्यसको मौका छोपी बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको दाबी छ । बालिकाको बलात्कारपछि हल्ला हुने डरले हत्या गरेर शवलाई लुकाएपछि ती बालिकाको कपडा आगोले जलाएको एसपी जिसीले मकालुखबरलाई जानकारी दिए ।

हत्यामा संलग्न गिरीका श्रीमती करिब डेढ महिना अघि मात्र क्यान्सरले मृत्यु भएको खुलेको छ।  हत्यामा संलग्न गिरीका २९  वर्षीय छोरा पनि बाहिर नै बस्ने गरेको पाइएको प्रहरीको भनाई छ । बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही, विद्यालयदेखि गाउँसम्म विद्यार्थीको लागि स्कुल बस सञ्चालन, प्रहरी चौकी स्थापना लगायतका माग स्थानीयको छ। स्थानीयले सुरक्षाको प्रत्याभूति हुन नसकेको पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *