वडाध्यक्ष कार्कीको मृत्युपछि सुर्खेत-छिन्चु सडक अवरुद्ध

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएपछि रत्न राजमार्ग अन्तरगत सुर्खेत-छिन्चु सडक अवरुद्ध गरिएको छ । उक्त सडक अन्तरगत छिन्चु बजार बन्द गर्दै आफन्तले दोषीलाई कारबाही हुनु पर्ने र उचित क्षतिपूर्ति माग राखेको छन् ।

यस्तै, वडाध्यक्ष कार्कीको हालसम्मको उपचार खर्च सबै दोषीले नै ब्यहोर्नुपर्ने उनीहरूको माग रहेको छ । भेरीगंगाको सत्तरी, तोलीखोला, सल्यानको सल्लीबजार र जाजरकोट जोड्ने सडक खण्ड समेत सवारी आवतजावतमा रोक लगाइएको छ ।

आफन्तहरूले सडकमा टायर तथा मुडा बालेर प्रर्दशन समेत जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशबाट सुदूरपश्चिम र लुम्बिनी प्रदेश बाहिरिने र कर्णाली भित्रिने सबै सवारीसाधन ठप्प भएका छन् ।

गत फागुन ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारदेखि पश्चिमतर्फको सडकमा नेपालगन्जबाट सुर्खेत छुटेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले कार्की सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घाइते वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो पनि :  दुर्घटनामा घाइते वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *