दुर्घटनामा घाइते वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका-१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ । काठमाडौँको न्युरो अस्पतालमा उपचाररत वडाध्यक्ष कार्कीको शुक्रबार राति मृत्यु भएको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

कार्की सुर्खेतका निर्वाचित वडाध्यक्षहरूमध्ये सबै भन्दा कान्छा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *