आक्रमणको दोस्रो दिनमै युक्रेनको राजधानी कीभ पुग्यो रुसी सेना

काठमाडाैँ । युक्रेनमाथिकाे आक्रमणको दोस्रो दिनमै रुसी सेना राजधानी कीभ पुगेकाे छ । रुसी सैनिक राजधानी कीभ पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेकाे बीबीसीले जनाएकाे छ ।

युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा ‘शत्रु’ ओबोलोन क्षेत्र आइपुगेको जनाएको हाे । युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिइएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

त्यस्तै, राजधानी कीभ वरपर ठूलाे मात्रामा विष्फाेटका आवाज सुनिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *