एमसीसीकै कारण सत्तारूढ गठबन्धन टुट्ने अवस्था आयो : मन्त्री चौधरी

धनगढी । संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् ।

शुक्रबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले यस्तो धारणा राखेका हुन् ।

उनले एमसीसी प्रतिनिधिसभाबाट पारित हुने बताए । एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले संसदबाट पारित हुनुपर्ने बताए ।

सरकारले मुलुुकको समृद्धि र गरिबी निवारणका लागि काम गरिरहेको उल्लेख गर्दै चौधरीले एमसीसी पनि गरिबी निवारणका लागि ल्याइएको परियोजना भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *