मोरङमा बालिकाको हत्या, खाल्डोमा पुरिएको अवस्थामा भेटियो शव

विराटनगर । मोरङमा बुधबारदेखि हराएकी एक बालिकाको शव गाडिएको अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

लेटाङमा रहेको लालहिरा सामुदायिक वनमा उनको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको मोरङ प्रहरीले जनाएको छ । बालिकाको नाङ्गो शव खाल्डोमा पुरेर माथिबाट ढुंगाले थिचेर पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले मकालुखबरलाई जानकारी दिए ।

बिहान खाल्डोमा फेला परेको शव उत्खनन् पछि आजै पोष्टमार्टमका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ । जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका बुधबार दिउँसो विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । बालिका हराएपछि उनको परिवारले खोजी गरिदिन प्रहरीलाई आग्रह गरेका थिए । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वकोको टोलीले बालिकाको शव गाडेको अवस्थामा भेटाएको थियो । घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको प्रहरीले बालिकाको शरिरमा चोटहरू रहेको बताएको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । हत्याको आशंकमा प्रहरी २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । स्थानीयले घटनामा संलग्न व्यक्तिको खोजी गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *