युक्रेनसँग युद्ध नगर्न भन्दै रूसमा प्रदर्शन, सयौं पक्राउ

काठमाडौँ । आफ्नो देशले छिमेकी युक्रेनमाथि आक्रमण थालेपछि बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन् । रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।

राजधानी मस्कोमा हजारौं मानिसहरूले युद्ध चाहिँदैन भन्दै प्रदर्शन गरेका थिए । राजधानी मस्को, सेन्ट पिटर्सबर्ग र अन्य मुख्य सहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ ।

उनीहरूले युद्व गर्न नहुने नारा लगाएका थिए । प्रदर्शनकारीहरूले ‘लडाइँ रोक’, ‘युद्ध चाहिँदैन’, ‘युक्रेन हाम्रो शत्रु होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको आज दोस्रो दिन हो । –एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =