कस्तो रहला आजको मौसम ?

काठमाडौँ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश-१ को उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । यसैगरी सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश-१ का धेरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश-१ उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ । यसैगरी सुदूर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश-१ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो र राति नै देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।








