रुसी आक्रमणमा ४० यूक्रेनी सैनिकको मृत्यु, यूक्रेनले रुससँगको कुटनीतिक सम्बन्ध तोड्ने

कीभ । रुसले डोनबासमा सैन्य परिचालन शुरू गरेपछि कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।

जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा यूक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आक्रमण गर्ने रुससँगको कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने बताएका छन् ।

आक्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मारिएको उनले पुष्टि गरे ।

यसअघि बिहिबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिनुभएको थियो । युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरू आक्रमणमा परेको पुष्टि गरेको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =