विश्वसम्पदामा सूचीकृत सातवटा सम्पदाकाे सरसफाई गरिँदै

काठमाडाैँ । आगामी फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म काठमाडाैँ उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सूचित भएका ७ वटा सम्पदाहरूको सरसफाई अभियान शुरू हुने भएको छ ।

बिहीवार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म २५ दिने उपत्यका सरसफाई अभियान सञ्चालन हुने जानकारी दिइएको हो । २५ दिने उपत्यका सफाई अभियानमा सम्बन्धित नगरपालिकाका मेयरहरूलाई बोलाउने अभियानको कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाई अभियानले काठमाडाैँ उपत्यकामा लामो समयदेखि सरसफाई गदै आएको बताए । सरसफाईको शुरूवात टोलबाट गरेपनि पछि काठमाडाैँ उपत्यका फोहोर बढ्दै गएपछि वाग्मती, मनोहरा, हनुमन्तेलगायत धेरै सफाई अभियान चलाउँदै आएको उनले जानकारी दिए ।

त्यस्तै, मैतीदेवी वातावरण संरक्षण अभियानका संयोजक राजेश श्याम मिश्रले उपत्यका व्यापी सरसफाई सबैले आ–आफ्नो ठाउँमा रहेर मात्र सम्भव नभएपछि एकीकृत भएर उपत्यकाव्यापी सरसफाई अभियान सञ्चालन गर्न लागेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *