युक्रेनकाे पक्षमा नेपाल : कुनै देशको भूमिलाई स्वतन्त्र राज्य घाेषणा गर्नु राष्ट्रसंघको बडापत्र विपरीत

काठमाडौँ । नेपालले युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यका रूपमा मान्यता दिनु संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रावधानको विपरीत रहेको बताएको छ ।

रुस र युक्रेनको तनाव बढदै जाँदा परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर कुनै देशको भूमिलाई बल प्रयोग गरेर स्वतन्त्र राज्यको मान्यता दिनु संयुक्त राष्ट्रसंघको बडापत्र विपरीत हुने र बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्त सबै सदस्य देशले पूर्ण पालना र सम्मान गर्नुपर्ने बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र साथै कुटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ ।’

नेपालले रुस र युक्रेनलाई तनाव नबढाउन पनि आग्रह गरेको छ । यी दुई देशको तनाव बढदै जाँदा परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर तनाव नबढाउन र अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

रुस र युक्रेनबीचको तनाब बढ्दै जाँदा रुसी सेनाले युक्रेनमाथि आक्रमण शुरू गरेको छ ।

याे पनिः पृथक्तावादी नियन्त्रित युक्रेनी क्षेत्रलाई रुसद्वारा ‘स्वतन्त्र राज्य’को मान्यता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *