यूक्रेनका राष्ट्रपति भन्छन्- ‘विश्व हामीसँग छ’

काठमाडाैँ । यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्व युक्रेनसँग भएकाे दाबी गरेका छन् । बिहीबार दिउँसाे ट्वीट गर्दै राष्ट्रपति जेलेन्स्कीले आफूले विश्वका नेताहरूसँग परामर्श गरिरहेकाे जानकारी दिएका छन् । ‘विश्व हामीसँग छ,’ उनले भनेका छन्, ‘मैले नेताहरूसँग वार्ता जारी राखेकाे छु । कतारबाट सहयोग प्राप्त भएकाे छ ।’

यसअघि बिहानै उनले अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडासँग कुराकानी भएको ट्वीट गरेका थिए ।

यसअघि रुसले यूक्रेनमाथि सैन्य कारबाहीकाे घाेषणा गरेकाे थियाे । त्यसपछि यूक्रेनस्थित दाेनेस्सकमा विस्फाेटसमेत भएकाे सीएनएनले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =