झडपको डरले बानेश्वर क्षेत्रमा पसल बन्द, सुरक्षा सतर्कता उच्च (तस्बिरहरू)

काठमाडौँ। अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि संसदमा आजबाट छलफल शुरू हुँदैछ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद् सचिवालयले तयार पारेको प्रारम्भिक  कार्यसूचीमा उल्लेख छ ।

यसैबीच बानेश्वर क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । संसद् भवनलाई काँडेतारले घेरिएको छ । एमसीसीविरुद्धको प्रदर्शनलाई लक्षित गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बानेश्वर क्षेत्रमा व्यापार गर्ने सर्वसाधारण पनि त्रसित देखिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने झडपका कारण धेरै पसल बन्द छन् । प्रदर्शनका क्रममा आइतबार बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो ।

त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने प्रहरीले अश्रुग्यास र रबरको गोली चलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *