नम्र र दयालु हुनुका स्वास्थ्यलाभ

काठमाडाैँ । दयालु र नम्र व्यक्तिलाई सबैले मन पराउँछन् । सबैले मन पर्ने हुनुबाहेक यसका स्वास्थ्य सम्बन्धी पनि केही फाइदाहरू रहेका छन् । अरूलाई राम्रो महसुस गराएर आफूलाई स्वस्थ र खुसी राख्न दयालु हुनु जरुरी छ । यसका अन्य फाइदाहरू निम्न छन्ः

तनाव र डिप्रेसनको जोखिम न्यून हुन्छ
आफूले त्यसको बदलामा शून्य अपेक्षा राखेर सहयोग गर्नु, दया भाव राख्नु र नम्र हुनुले त्यस्ता व्यक्तिको मष्तिस्कलाई उत्तेजना प्राप्त हुने अध्ययनले देखाएको छ ।

यस्ता क्रियाकलापले मस्तिष्कमा सकारात्मक रसायन प्रणालीको वृद्धि हुन्छ । परिणाम स्वरूप सहयोगी भावना जागृत हुने, डिप्रशेन र एन्जायटीको जोखिम कम हुने हुन्छ । त्यतिमात्र नभई दयालु र नम्र हुनुले मानिसको आयुमा समेत सकारात्मक परिवर्तन ल्याउने विज्ञहरू बताउँछन् । एक दयालु नम्र व्यक्ति अरू व्यक्तिको तुलानामा धेरै वर्ष बाँच्ने गरेको अध्ययनले देखाउछ ।

रक्तचाप सन्तुलित
नम्र हुनु, दयालु हुनु, सामाजिक कार्यमा खर्च गर्नुले रक्तचाप सन्तुलन गर्ने र मुटुसम्बन्धी रोगको जोखिमलाई समेत कम गर्ने कार्य गर्छ । अध्ययनले अरूमा दया भाव देखाउने व्यक्तिमा उच्च रक्तचापको समस्या नै नहुने देखाउछ । दयालु व्यक्तिको रक्तसञ्चार प्रकृयामा धेरै उतारचढाव नहुनाले रक्तचाप सन्तुलन हुन्छ । हृदयघातको जोखिम पनि न्यून हुने अध्ययनले देखाउँछ ।

दुखाई र पीडा कम महसुस हुने
अध्ययनले पत्याउनै गाह्रो अर्थात् दयालु र नम्र व्यक्तिलाई अरू व्यक्तिको तुलानामा कम दुख्ने र पीडा हुने देखाउँछ । यस्तो कसरी हुन्छ ? हाम्रो मस्तिष्कको केन्द्रमा दुखाईमा प्रतिकृया जनाउने जुन प्रणाली हुन्छ त्यो प्रणाली दया भाव राख्ने, नम्र व्यक्तिमा अरू व्यक्तिको तुलनामा निष्कृय हुने गर्दछ । त्यसैले दयालु व्यक्तिलाई कम पिडाको महसुस हुने गर्छ ।

खुसी
दयालु भावले व्यक्तिलाई सधै खुसी बनाउँछ । जब व्यक्ति खुसी र सन्तुष्ट हुन्छ उसमा रचनात्मकता सकारात्मक सोच्ने क्षमतामा समेत वृद्धि हुन्छ । दयालु हुनु भनेको देखिने कार्य हो । कसैप्रति दया भाव राख्दा अरूलाई पनि यो व्यक्तिमा सहयोगको लागि सधै ढोका खुल्ला रहन्छ भन्ने थाहा हुन्छ ।

–दयालु भाव राख्नु छ भने यी साना साना कुरामा ध्यान दिन सकेमा पनि दयालु भावको विकास हुन्छ ।
–बाटोमा सवारी साधन चलाउँदै गर्दा अरूलाई पनि ठाउँ आफ्नो लेनमा अरूलाई पनि ठाउँ छोडिदिने ।
–कसैको प्रशंसा गर्दा झुट नबोल्ने ।
–आफ्नो कार्यालयको आफूभन्दा ठूलो पदमा रहेका व्यक्तिको पनि सत्य बोलेर प्रशंसा गर्ने ।
– कोही पनि व्यक्तिप्रति रिस, डाहा र इर्ष्याको भाव नराख्ने ।
– साथीभाई र आफन्तको कुरा सुन्नको लागि समय निकाल्ने ।
– आभार र धन्यवाद व्यक्त गर्ने ।

यी कुराहरूमा ध्यान दिने बानीले दया भाव विकास हुन्छ । यो सँगै कहिले काही धेरै काम गर्ने , धेरै काम गर्नेलाई धेरै पारिश्रमिक दिने, तारिफ गर्ने जस्ता बानीले दयाभाव जगाउन मद्दत गर्छ । – सिएनएनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =