थप ३१२ जनामा कोरोना संक्रमण, २ काे मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, साेही अवधिमा थप दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यस्तै, बुधवार ९११ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *