अमेरिकाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

वासिङ्टन । युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ ।

कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उलंघन गरेको विरुद्धमा एउटा देशले अर्को देशलाई प्रतिबन्ध लगाउने प्रचलन रहेको छ । यसलाई आक्रमणकारी वा हस्तक्षेपकारी देशलाई दिने सामान्य सजायको रूपमा पनि लिइन्छ ।

यस्ता प्रतिबन्धले देशको अर्थतन्त्र र राजनीतिलाई बढी असर पर्ने र नेताहरूले हस्तक्षेपकारी कदम थप अगाडि नबढाउने अपेक्षा गरिएको हुन्छ ।

अमेरिकाले गरेको प्रतिबन्धको घोषणाप्रति युरोपेलीसहित अन्य विभिन्न देशहरूले समेत समर्थन जनाउदै आफ्नो देशहरूको तर्फबाट पनि प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् ।

रुसले युक्रेनमाथि थप अतिक्रमण गरे अमेरिका र युरोपेली मुलुकहरूले प्रतिबन्धहरू पनि थप गर्दै जाने चेतावनी दिएका छन् ।

उनीहरूले सूचना प्रतिविधिको सञ्जालबाट रुसलाई अलग्याउने, आर्थिक कारोबारको सञ्जालमा नराख्ने, रुसबाट ग्यास तथा इन्धन खरिद नगर्नेलगायतका अभियान पनि ल्याउन सक्ने बताइएको छ ।

रुसको अर्थतन्त्रमा ग्यास तथा इन्धनको व्यापारको ठूलो भूमिका रहेकाले पश्चिमा तथा अमेरिकी देशहरूले रुसबाट ग्यास तथा इन्धन खरिद नगरेमा रुसको अर्थतन्त्रमा ठूलो झड्का लाग्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *