एमसीसीबारे निर्णय लिन लाेसपा संसदीय दलकाे बैठक बस्दै

काठमाडाैँ । संसद्‌मा पेश भएकाे एमसीसीबारे निर्णय लिन लाेकतान्त्रिक समाजवादी पार्टी [लाेसपा] काे बैठक बस्दै छ । बैठक बुधबार दिउँसाे १ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने सांसद एकवाल मियाँले जानकारी दिए ।

उनकाअनुसार आजकाे बैठकमा एमसीसीलगायतका विषयमा छलफल हुनेछ । ‘अहिलेकाे जल्दाेबल्दाे विषय भनेकाे एमसीसी नै हाे,’ सांसद मियाँले भने, ‘याे विषयमा पनि छलफल हुन्छ र सँगै अन्य विषयमा पनि छलफल हुन्छ ।’

एमसीसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने दाबी गर्दै आएकाे लाेसपाले आज यसबारे ठाेस निर्णय लिने छ । यसअघि भने लाेसपा नेताहरूले एमसीसी नेपालमा लागू भए राम्रै हुने बताउँदै आएका थिए ।

प्रतिनिधि सभामा लाेसपाकाे १३ सिट छ । एमसीसी पारित हुनका लागि सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसले लाेसपाकाे साथ खाेजेकाे छ । लाेसपाले पनि पक्षमा रहेकाे आश्वासन दिइसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =